युवा संगठन नेपाल पूर्वी दाङको अध्यक्षमा पदम सी

२०८० बैशाख २६ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपाल पूर्वी दाङको प्रथम जिल्ला भेला पदम सीलाई अध्यक्षमा चयन गरेको छ ।
जसको उपाध्यक्षमा शिशिर सी , सचिवमा मनोज सी , सह- सचिवमा विजय सी र कोषाध्यक्षमा दीपजं सीलाई चयन गरेको जनाइएको छ ।
यस्तै सदस्यहरुमा पूर्ण सी , मनिका सी , शरद सी , यम बहादुर सी , प्रतीक्षा सी , भूपबहादुर सी , वसन्त सी , राजमोहन , नवीन सी , नेत्रज्योति सी , उमेश सी , सुसान्त सी , अनिल सी , तिलक सी , भूपेन्द्र सी , धर्मेन्द्र सी , अविषेक सी लगायत चयन भएका हुन् । भेलाले युवा संगठन नेपाल पुर्वी दाङमा २५ सदस्यीय जिल्ला कमिटी चयन गरेको संगठनले बताएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य शितल सीको प्रमुख आतिथ्य , पार्टीका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज सविन सी , पार्टीका केन्द्रीय सदस्य तथा पुर्वी दाङ इन्चार्ज सम्झना सी , युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज जिवनी सी , युवा संगठन नेपालका केन्द्रीय सदस्य शुदर्शन सी , नेकपा पुर्वी दाङका सचिव जनक सीको आतिथ्यमा भेला सम्पन्न भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]