राठी इन्डष्ट्रिजमा आगलागी

२०८० बैशाख २९ गते, शुक्रबार


काठमाडौँ । मोरङको बूढीगंगा गाउँपालिका–५ मा राजेन्द्रकुमार राठीले सञ्चालन गरेको राठी इन्डष्ट्रिजमा आगलागी भएको छ । बिजुलीका बल्ब र स्वीच उत्पादन गर्दै आएको उक्त उद्योगमा शुक्रबार बिहान २ बजेदेखि लागेको आगो निभाउने प्रयास भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । आगो नियन्त्रणका लागि १२ वटा दमकलसहित नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]