विज्ञापनजन्य सामग्री बाड्ने ६१ जनालाई कारबाही !

काठमाडौँ । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र क्याम्पसका विज्ञापनजन्य सामग्रीहरु बाड्दै हिंड्ने ६१ जनालाई कारबाही गरिएकाे जनाएको छ । काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पटक-पटक विज्ञापनजन्य सामग्री क्याम्पस आसपासमा बाड्दै नहिंड्न सूचना गरेपनि अटेर गरेपछि काबराही थालेको बताए । उनले महानगर क्षेत्रभित्र पर्चा र पोस्टर लगायतका विज्ञापनजन्य सामग्री नबाड्न-नराख्न सूचना जारी गरेपनि नटेरेपछि कारबाही प्रक्रिया अघि बढाएको बताउदै शुक्रबार ६१ जनालाई कारबाही गरेको र आगामी दिनमा पुनः यस्त गल्ती भइरहे कारबाही झनै बढाउँदै जाने बताए । उनले महानगरपालिकाले पहिलो पटक कारबाही गर्न लागिएको जसमा संलग्न संस्थाहरुलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको बताए ।