जेठ १ देखि मेलम्चीको पानी वितरण बन्द !

२०८० बैशाख ३० गते, शनिबार


काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाले काठमाडौं उपत्यकामा वितरण हुँदै आएको मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि पानी वितरण बन्द गरिने जनाएको छ । आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मत सम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द गरिने बताइएको छ । सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मत सम्भार गर्न लागिएको मेलम्ची खानेपानी आयोजनाका इन्जिनियर पदम कुँवरले जानकारी दिए । उनले मर्मत सम्भारपछि पानी वितरण कार्य पुनः नियमित रूपमा सुरू गरिने बताए ।

प्रतिक्रियाहरु

[anycomment]