दार्चुलामा चार रेक्टरस्केलको भूकम्प

२०८० असार ५ गते, मंगलवार

काठमाडौं । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुलाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर आज मङ्गलवार बिहान ४ बजेर ५५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको छ ।
यसअघि गएको जेठ २९ गते बाजुराको बिछिया केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज देशभर वर्षाको सम्भावना

२०८२ भाद्र ३० गते, सोमबार

आज राष्ट्रिय बाल दिवस

२०८२ भाद्र २९ गते, आईतवार

आजको मौसम पूर्वानुमान

२०८२ भाद्र २९ गते, आईतवार

जितिया पर्व: आज ‘ओगटन’ मनाइँदै

२०८२ भाद्र २८ गते, शनिबार