पहिरोले घर पुर्दा एकै परिवारका ३ जनाको मृत्यु, १ जना बेपत्ता
२०८० असार ८ गते, शुक्रबार
काठमाडौं । गए राती भारी वर्षासँगै गएको पहिरोले ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । पहिरोका कारण भने एक जना बेपत्ता भएका छन् । चम्पादेवी गाउँपालिका वडा नम्बर –८विलन्दुमा बिहीबार राति पहिरोले घर पुरेको हो । पहिरोले घर पुर्दा मुत्यु हुनेमा ३६ वर्षीय रणबहादुर गुरुङ, उनकी श्रीमती २९ वर्षीया शिवमाया गुरुङ र १८ महिने छोरी कृतिका गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । त्यसैगरी सोही घरका १० वर्षीय बालक दिनेश गुरुङ बेपत्ता हुन् । उनको खोजी कार्य जारी रहेको पनि प्रहरीले जनाएको छ ।
पहिरोका कारण सोही स्थानका अन्य केही घरहरु पनि भत्किएका प्रहरीले जानकारी दिएको छ । ती घरका सदस्यहरुले भागेर ज्यान जोगाएका थिए ।