कर्णाली मुक्तिमोर्चाद्वारा असमानताविरूद्व संघर्ष गर्ने घाेषणा

२०८० असार १२ गते, मंगलवार


काठमाडौं । कर्णाली मुक्ति मोर्चा नेपालले सबै खाले उत्पीडन, उपेक्षा र असमानताका विरूद्व संघर्ष गर्ने घाेषणा गरेको छ । माेर्चाका संयोजक कर्णबहादुर सीले आइतबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै राज्यको वेवास्ता, उपेक्षा, विभेदकारी नीति, लघुवित्त, मिटरव्याजी चर्को शोषण, भ्रष्टाचार, कमिसनखोर, तस्कर, दलाली करणको अन्त्य गरि आत्मनिर्भरता र समृद्धि कर्णालीको बनाउने घाेषणा गरेको हाे । माेर्चाले कर्णाली बासी माथिको वित्तीय संस्थाद्वारा चर्को व्याज शोषण आतंककाे अन्त्य गरि व्याजदर एक अंकमा कार्यम नहुन्जेल संघर्ष बताएको छ।
विज्ञप्तिमा भनिएको छ, “एसपिपी पास गर्न नसके पछि एमसिसी मार्फत कार्यनयन गर्न खोजेकाे भन्दै भण्डाफोर गर्ने निर्णय गरिएकाे छ ।”
यस्तै माेर्चाले भारतले नेपाली भूमि अतिक्रमण गरि साँस्कृतिक नक्सा जारी गरेको विषयमा आपत्ति जनाउदै त्यसको विरूद्व संघर्ष गर्ने बताएको छ ।
माेर्चाले कर्णालीको परनिर्भरताको अन्त्य र सामुहिक उत्पादनको संस्कार विकासका लागि सामुहिक उत्पादनका गर्ने बताएको छ ।
कर्णालीमा विकासे काम केन्द्रीय विभेदपूर्ण वितरणका साथै विनियोज बजेट पनि पौंच पावर भ्रष्टाचार, कमिसन बाट आक्रान्तका विरूद्व निरन्तर संघर्ष गर्ने बताएको छ । मोर्चाले दोस्रो बैठकले निर्णय गरि कर्णालीका विविध समस्याको लागि सम्पूर्ण प्रशासन कार्यालयमा दिएको ज्ञापनपत्रकाे कुनै सुनुवाइ नभएको बन्दै त्यसका विरूद्व थप संघर्ष गर्ने बताएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज देशभर वर्षाको सम्भावना

२०८२ भाद्र ३० गते, सोमबार

आज राष्ट्रिय बाल दिवस

२०८२ भाद्र २९ गते, आईतवार

आजको मौसम पूर्वानुमान

२०८२ भाद्र २९ गते, आईतवार

जितिया पर्व: आज ‘ओगटन’ मनाइँदै

२०८२ भाद्र २८ गते, शनिबार