बकर इद मनाइँदै

२०८० असार १४ गते, बिहीबार

काठमाडौं । आज मुस्लिम धर्मावलम्बीहरु बकर इद पर्व मनाउँदैछन् । रमजानको ७०औँ दिनमा यो पर्व मनाउने गरिन्छ । यस अवसरमा आर्थिक रूपमा सबल मुस्लिमहरु साउदी अरबको मक्कामा गइ हज गर्ने गर्दछन् । यस पर्वमा अल्लालाई खुसी पार्न मुस्लिमहरु जनावरको बली दिने गर्दछन् । अल्लाका दूत इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट छोरा प्राप्त गरेपछि अल्लाहलाई खुशी पार्न बली दिएर यो पर्व मनाउने गरिएको विश्वास रहेको छ ।
बली दिएको मासु तीन भाग लगाएर एक भाग गरिबलाई अर्को भाग इष्टमित्रलाई र एक भाग आफूले खाने चलन रहेको छ । अरबी पात्रो अनुसार मुस्लिम समुदायले यो पर्व मनाउने गर्दछन् । यो पर्व नेपालबाट एक हजार चार सय ४४ जना हज गर्न साउदीको मक्का पुगेका छन् । हजयात्रीहरुका लागि सरकारले नै रकम दिने गरेको छ । सरकारले यस अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]