मुग्लिन–नारायणगढ सडक सञ्चालनमा

२०८० असार १८ गते, सोमबार

काठमाडौं । पहिरोका कारण अवरुद्ध नारायगढ-मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ। इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना-५ स्थित तीन नम्बर पुलमा आज बिहान पुनः पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो। पहिरो पन्छाइ सडक दुइतर्फी सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए।
पहिरो गएकै स्थानमा पल्टिएको ट्रकलाई किनारामा राखिएको छ । गत शनिबार रातीदेखि रोकिएको सडक आइतबार १८ घण्टापछि खुलेका थियो । २ बजे पहिरो खसेपछि सडक पुनः अवरुद्ध भएको थियो । सो स्थानमा गत बिहीबारदेखि पहिरो खस्ने क्रम चलिरहेको छ।
राजधानी काठमाडौंलाई जोड्ने राष्ट्रिय राजमार्ग बारम्बार अवरुद्ध हुँदा सर्वसाधारणको यात्रा अनिश्चित हुने गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

उँभौली पर्व मनाइँदै

२०८२ बैशाख २९ गते, सोमबार

आज २५६९औं बुद्ध जयन्ती

२०८२ बैशाख २९ गते, सोमबार

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

२०८२ बैशाख २८ गते, आईतवार