बाढीपहिरोका कारण आधा दर्जन सडक अवरुद्ध

२०८० असार २० गते, बुधबार

काठमाडौं । सडक विभागले बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा करिब आधा दर्जन सडक अवरुद्ध भएको जनाएको छ । विभागका अनुसार बुधबार बिहानसम्म कोसी राजमार्गको हाइटार, संखुवासभामा सवारी आवगमन अवरुद्ध छ भने पाँचथरको माझीटार–हेवाखोलामा गएको पहिरोले तमोर करिडोर सडक पनि अवरुद्ध भएको छ ।
यस्तै, पाल्पाको तानसेनबाट गुल्मीको रिडी जाने सडक पनि अवरुद्ध छ । म्याग्दीको तातोपानीमा गएको पहिरोले म्याग्दी–जोमसोम सडक अवरुद्ध भएको छ भने यता तनहुँको डुम्रेबाट लमजुङको बेशीसहर हुदै मनाङको चामे जोड्ने सडक पनि अवरुद्ध भएको छ ।
एकतर्फी अवरुद्ध भएका सडकखण्ड तेह्र वटा रहेको पनि सडक विभागले गरेको छ । यसैबीच, मौसम पूर्वानुमान महाशाखाले आगामी शुक्रबारसम्मै वर्षा हुने क्रम जारी रहने जनाएको छ ।
आगामी तीन दिनको मौसमी प्रक्षेपण सार्वजनिक गर्दै महाशाखाले शुक्रबारसम्म नै देशभर हल्कादेखि भारी वर्षाको संभावना रहेको जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

उँभौली पर्व मनाइँदै

२०८२ बैशाख २९ गते, सोमबार

आज २५६९औं बुद्ध जयन्ती

२०८२ बैशाख २९ गते, सोमबार

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

२०८२ बैशाख २८ गते, आईतवार