सामना साँस्कृतिक परिवारद्वारा एक बिघा जमिनमा धान रोपाइँ

२०८० असार २१ गते, बिहीबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको कलाकार टिम सामना साँस्कृतिक परिवारले एक बिघा जमिनमा धान रोपाइँ गरेको छ। पश्चिम लुम्बिनी ब्यूरोको सामना साँस्कृतिक परिवारले पार्टीको असार १५ देखि सुरु भएको श्रम उत्सव संगै कपिलबस्तुकाे सिबगडिमा उत्पादन कार्य अन्तर्गत एक बिघा जमिनमा धान रोपाइँ गरेको हो।
“हामी कलाकार मात्रै हैन यो देशको रक्षा पनि गर्ने सिपाई पनि हौँ परी आउँदा देशका लागि प्राण दिन् तयार छौ”,पश्चिम लुम्बिनी ब्युरो सामना परिवारका सम्योजक देवराज सी ले भने, “कला र नृत्यले मात्रै यो देशलाई पुग्दैन त्यो संगै कलाकार पनि आत्म निर्भर उत्पादन सिल हुनपर्ने हुन्छ।” उनले पश्चिम लुम्बिनीमा सामना परिवारले १ बिघा जमिनमा धान रोपाइँ गरेको बताएका छन्।


कलाकारले खेतमा गित आउदै नाच्दै आफ्नो १ बिघा खेतमा धान रोपेर सकेका छन र स्थानीय पार्टी सदस्यले पनि कलाकारको साथमा एक दिन श्रम गरेर सहयोग गरेर सहयोग गरेका छन्।कलाकार संग काम गर्न निकै रमाइलो भएको शान्ता शाहीले बताएकी छन्। – मनबहादुर सहकारी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु