भारतले धौलीगंगाको बाँध खोल्ने !

२०८० असार २५ गते, सोमबार

काठमाडौं । भारतले धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोल्ने भएपछि दार्चुला जिल्ला प्रशासन कार्यालयले महाकाली नदी किनारका बासिन्दालाई सतर्कता अपनाउन भनेको छ । सार्वजनिक सूचना जारी गर्दै मंगलबार बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म र त्यसपछि पनि सतर्कता अपनाउन भनिएको हो । भारतको एनएचपीसी लिमिटेड र धौलीगंगा पावर स्टेशनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गर्दै धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोल्न लागिएको जानकारी गराएपछि दार्चुला प्रशासनले स्थानीयवासीलाई सतर्क गराएको हो ।
भारत, उत्तराखण्डको पिथौरागढ जिल्लामा पर्ने धौलीगंगाको बाँध खोल्दा दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर हुदै भारततर्फ बग्ने महाकाली नदीमा जलस्तर बढ्न् छ । त्यसबाट आसपासका क्षेत्रमा बाढी आउन सक्ने र डुबान हुनसक्ने भएकाले पूर्व सतर्कता अपनाउन भनिएको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज देशभर वर्षाको सम्भावना

२०८२ भाद्र ३० गते, सोमबार

आज राष्ट्रिय बाल दिवस

२०८२ भाद्र २९ गते, आईतवार

आजको मौसम पूर्वानुमान

२०८२ भाद्र २९ गते, आईतवार

जितिया पर्व: आज ‘ओगटन’ मनाइँदै

२०८२ भाद्र २८ गते, शनिबार