बैतडीमा बस दुर्घटना : एकको मृत्यु, ३९ जना घाइते

२०८० असार २५ गते, सोमबार

काठमाडौँ । बैतडीको मेलौलीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३९ यात्रु घाइते भएका छन्। मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका ६ रन्तोलीका २७ वर्षीय उमेश भण्डारी रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। भण्डारीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा मृत्यु भएको हो। घाइतेमध्ये गम्भीर अवस्थामा रहेका १६ जनालाई डडेल्धुरा अस्पताल रेफर गरिएको छ। अन्य घाइतेको मेलौलीमा उपचार भइरहेको छ। घाइतेहरुको परिचय खुल्न सकेको छैन।
पञ्चेश्वरबाट महेन्द्रनगर जाँदै लु२ख २०११ नम्बरको पवनदुत यातायातको बस दिउँसो १ बजे मेलौली नगरपालिका ७ स्वाखानीमा दुर्घटनामा परेको हो। सडकबाट ४०० मिटर तल खसेर रूखमा अड्किएको बस दुर्घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

२०८२ बैशाख १८ गते, बिहीबार

शुक्रबारसम्म पानी पर्ने सम्भावना

२०८२ बैशाख १८ गते, बिहीबार

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार