धान रोपाइँ गत वर्षभन्दा १२ प्रतिशत कम !

२०८० असार ३० गते, शनिबार

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार असार सकिन लाग्दा देशभर ५३ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ । यो धान रोपाइँ भएको गत वर्षको भन्दा १२ प्रतिशत कम हो । अघिल्लो वर्ष सोही समयमा ६५ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको थियो । १३ लाख ५७ हजार हेक्टरमध्ये हालसम्म सात लाख १८ हजार हेक्टर जमिनमा धान रोपाइँ भएको छ । अन्नको भण्डार मानिएको मधेस प्रदेश (तराई भूभाग) मा सबैभन्दा कम २८ प्रतिशत मात्र रोपाइँ भएको छ ।
मधेस प्रदेशमा तीन लाख ५४ हजार हेक्टर जमिनमा धान रोपाइँ हुँदै आएकोमा हाल करिब एक लाख हेक्टर मात्र जमिनमा धान रोपाइँ सम्पन्न भएको मन्त्रालयको तथ्यांकले देखाएको छ । सबैभन्दा बढी धान रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको छ । उक्त प्रदेशमा ८५ प्रतिशत रोपाइँ सम्पन्न भएको हो ।
अघिल्लो वर्ष सुदूरपश्चिम प्रदेशमा ५७ प्रतिशत मात्र रोपाइँ भएको थियो । यस वर्ष मधेस प्रदेशमा ढिलो गरी मनसुन भित्रिँदा कम रोपाइँ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले जानकारी दिनुभयो । कर्णाली प्रदेशमा ७० प्रतिशत, गण्डकी प्रदेशमा ४७ प्रतिशत मात्र धान रोपाइँ भएको छ ।
अघिल्लो वर्ष यी प्रदेशमा ७५ देखि ६५ प्रतिशतसम्म रोपाइँ भइसकेको थियो । यस वर्ष मौसम पूर्वानुमान महाशाखाले पानी कम पर्ने अनुमान गरेको छ । जसले गर्दा खाद्यसंकटको सामना गर्नुपर्ने विज्ञहरूले बताउँदै आएका छन् । यता, किसानले ५३ प्रतिशत धान रोपाइँ गर्दा मलको अभाव अहिले पनि कायमै छ ।
कृषि मन्त्रालयका अनुसार हालसम्म ६६ हजार पाँच सय ८३ मेट्रिकटन रासायनिक मल मौज्दात रहेको छ । जसमध्ये साल्ट ट्रेडिङ कर्पोरेसनसँग ३२ हजार मेट्रिकटन रहेको छ भने कृषि सामग्री कम्पनीसँग ३३ हजार ७८ सय ४५ मेट्रिकटन मल मौज्दात छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

उँभौली पर्व मनाइँदै

२०८२ बैशाख २९ गते, सोमबार

आज २५६९औं बुद्ध जयन्ती

२०८२ बैशाख २९ गते, सोमबार

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

२०८२ बैशाख २८ गते, आईतवार