ईभी एक्स्पो २०८० भदौ १५ देखि

२०८० श्रावण ३ गते, बुधबार


काठमाडौँ । इलेक्ट्रिक भेहिकल म्यानुफ्याक्चरर्स एन्ड इम्पोर्टर्स एसोसिएसन, मीडिया स्पेस सोलुसन्स तथा फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्सको संयुक्त आयोजनामा इभी एक्स्पो आगामी भदौ १५, १६ र १७ गते भृकुटीमण्डपमा हुने भएको छ। आयोजकले नेपालमा विद्युतीय सवारीको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ एक्स्पो आयोजना हुन लागेको जानकारी गराएका छन्। विद्युतीय सवारीलाई प्रवद्र्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले ३ दिनसम्म सञ्चालन हुने एक्स्पोमा सयभन्दा बढी प्रतिष्ठित कम्पनीहरूको सहभागिता र १ सय ५० भन्दा बढी ब्राण्डका गाडी तथा विद्युतीय सामग्री प्रदर्शनीका लागि राखिने आयोजकले जनाएका छन्।
वर्तमान समयमा ग्राहकको रोजाइ विद्युतीय सवारी भएको उल्लेख गर्दै आर्थिक मन्दीमा पनि विद्युतीय सवारीहरू अत्यधिकमात्रामा बिक्री भइरहेको इलेक्ट्रिक भेहिकल म्यानुफ्याक्चरर्स एन्ड इम्पोर्टर्स एसोसिएसनका अध्यक्ष तथा एक्स्पोका संयोजक श्यामसुन्दर सापकोटाले बताए।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

‘भैयादुज’ पर्व मनाइँदै

२०८२ कार्तिक ७ गते, बिहीबार

गुडिरहेको यात्रुवाहक बसमा आगलागी !

२०८२ कार्तिक ६ गते, बुधबार

आज म्ह: पूजा

२०८२ कार्तिक ६ गते, बुधबार