नेकपाद्वारा जेपु शाहीको निधनप्रति शोक व्यक्त

२०८० श्रावण ६ गते, शनिबार

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी काठमाडौं जिल्ला नम्बर (१) का सचिव बाबुकाजी सीका बुबा जेपु शाहीको शुक्रबार बेलुका निधन भएको छ । नेपाल कम्युनिस्ट पार्टी, उपत्यका व्युरोले शनिबार एक विज्ञप्ति जारी गर्दै जेपु शाहीको निधनप्रति श्रदाञ्जली व्यक्त गरेको छ ।
विज्ञप्तिमा भनिएको छ – ‘हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी, काठमाडौं (१) नम्बर जिल्ला कमिटी सचिव कमरेड बाबुकाजी सीका आदरणीय बुबा जेपु शाहीको २०८० साउन ५ गते बेलुका ६९ बर्षको उमेरमा निधन भएको छ ।’, व्युरो इज्चार्ज कृति सीद्वारा जारी शोक वक्तव्यमा भनिएकोे छ, ‘चन्द्रागिरी नगरपालिका ४, काठमाडौं निवासी आदरणीय बुबा जेपु शाही प्रति पार्टीको तर्फबाट हार्दिक श्रदाञ्जली व्यक्त गर्दछौं । साथै यस शोकको घडीमा कमरेड बाबुकाजी सीसहित सम्पूर्ण परिवारजन प्रति गहिरो सम्वेदना प्रकट गर्दछौं ।’

प्रतिक्रियाहरु

[anycomment]