‘ समाजको प्रत्यक्ष नेतृत्व सचेत युवाले गर्नुपर्छ’
काठमाडौँ । नेपाल कम्यूनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य तथा पश्चिम लुम्विनी व्यूरो इन्चार्ज सञ्जिव सी ले समाजका प्राय यूवाहरु लागुऔषध दुर्व्यसनीको शिकार भईरहेको वर्तमान अवस्थामा अव समाजको प्रत्यक्ष नेतृत्व सचेत र क्रान्तिकारी यूवाहरुले गर्नुपर्ने बताएका छन् । नेकपा माण्डवी गा.पा. वडा नं.१ले शनिबार आयोजना गरेको वडा स्तरिय यूवा प्रशिक्षण कार्यक्रममा नेता सञ्जीवले यस्तो बिचार व्यक्त गरेका हुन् ।
कार्यक्रममा नेकपा केन्द्रिय सदस्य तथा प्यूठान इन्चार्ज जागृति सी ले नेपालमा संसदिय व्यवस्था असफल भैसकेको हुँदा अवको एकमात्र विकल्प भनेकै एकिकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवादी व्यवस्था भएकोले समाजवादको पक्षमा व्यापक युवाजागरण पैदा गर्नुपर्ने बताए ।
कार्यक्रममा जनपत्रकार संगठन नेपाल लुम्विनी प्रदेश संयोजक राजेन्द्र रावत क्षेत्री, नेकपा प्यूठानका सचिवालय सदस्य, माण्डवी गाँउ कमिटी इन्चार्ज तथा माण्डवी गा.पा.वडा नं. १ का वडा अध्यक्ष बाम बहादुर बुढा मगर, युवा संगठन नेपालका केन्द्रिय सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज बीरवल सी, जिल्ला संयोजक मुक्ति सी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमले केशर खत्रीको इन्चार्जसिप र सुवास के.सी.सेक्रेटरी रहेको युवा संगठन नेपाल माण्डवी १ नं. वडा कमिटी निर्माण गरेको छ ।-राजेन्द्र रावत क्षेत्री