राष्ट्रिय किसान सञ्जालद्वारा बिनाप्रतिष्पर्धा सटर भाडामा दिन नहुने भन्दै कालीमाटीमा धर्ना

२०८० श्रावण ११ गते, बिहीबार


काठमाडौँ । राष्ट्रिय किसान सञ्जालले कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको कार्यालयमा धर्ना दिएको छ । उनीहरुले बिना प्रतिष्पर्धा भाडामा दिने सम्झौता खारेज गर्न, बजारको सटर र स्टलहरु खुला प्रतिष्पर्धामार्फत भाडामा लगाउन माग गर्दै धर्ना दिएका हुन् ।उनीहरुले बिना प्रतिष्पर्धा भाडामा दिने सम्झौता खारेज गर्, बजारको सटर र स्टलहरु खुला प्रतिष्पर्धामार्फत भाडामा लगाइयोस्, बजार विकास समितिमा ५० प्रतिशत किसान प्रतिनिधि सुनिश्चित गर् लगायतका प्लेकार्ड र नारासहित विरोध प्रदर्शन गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]