नेकपाद्वारा बिभिन्न प्रजातिका फलफूल तथा बोट विरुवा रोप्ने कार्यक्रम सम्पन्न

२०८० श्रावण १३ गते, शनिबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी पश्चिम गण्डक ब्युरो र कास्की जिल्ला समितिको संयुक्त सहकार्यमा शुक्रबार रुपा गाउँपालिका वडा नम्बर ०६ स्थित सग्रवास भन्ने क्षेत्रमा नौ प्रजातिका करिब ३५० ओटा भन्दा बढी फलफूल तथा बोट विरुवाहरु रोप्ने कार्यक्रम सम्पन्न भएको छ।
सोही क्षेत्रमा करिब एक हप्ता पहिलादेखि सरसफाई तथा झार काट्ने काम गरिँदै आएको थियो। उक्त कार्यालाई स्थगित गर्दै करिब ५५ विघा जमिनमा आँप,सुन्तला, अम्बा ,दागबति ,लिची ,ड्रागनफुड,एवोकाडो, म्याग्ड्रोनल,मेवा गरि ९ प्रजातिका ३५० वटा बिरुवाहरु लगाइएको हो।
उक्त फलफुल तथा बोटबिरुवाहरु बेपत्ता योद्धा सोम ब.बिक का माता पिता मन.ब.बिक र ओमकुमारि बिक , त्यसैगरी पार्टीका केन्द्रीय पोलिट ब्युरो सदस्य तथा पश्चिम गण्डक ब्युरो इन्चार्ज राजन सि ,जिल्ला इन्चार्ज उभार सि, केन्द्रीय प्रतिनिधि सदस्य सोममाया सि ,जिल्ला सेक्रेटरी काजी सि,पर्वत जिल्ला इन्चार्ज किरन सि को बिशेष उपस्तिथि र जिल्लाका नेताकार्यकर्ता गरि तिन दर्जन बढीको उपस्थितिमा फलफुल तथा बोटविरुवा रोपिएको हो।
देशभर उत्पादनका लागि असार १५ देखि असार मसान्तसम्म केन्द्रीय समितिले सम्पूर्ण पार्टी कार्यकर्तालाई पार्टिको काममा विदा नै दिएको थियो। असार १५ यता महासचिव विप्लवसहित सम्पूर्ण जनवर्गीय संगठनका नेता कार्यकर्ताहरु कृषिमा सक्रीय छन। पार्टीले ल्याएको नीति अनुसार आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेताकार्यकर्ता तथा आत्मनिर्भर देशको उदश्य सहित एक सय विघा भन्दा बढीमा धानखेती गरेको थियो। पार्टीको केन्द्रीय योजना मुताबिक उक्त सिद्धान्त, विचार र उदश्यलाई समात्दै नेकपा कास्की असार १५ देखि निरन्तर उत्पादनमा जोडिएको जिल्ला सेक्रेटरी काजि सीले बताए।
नेकपाले देशैभर उत्पादनको कार्यक्रमलाई अगाडि बढाए संगै नेपाली जनतामा उत्साह ,उमङ्ग र तरंग पैदा गरेको छ, यो एउटा सचेत रुपबाट सञ्चालन भएको राजनितिक अभियान हो। र यसले गर्दा पार्टी माथि क्रिया प्रतिक्रिया आइरहेको पाइन्छ। र पनि यसले देश तथा बिदेशमा छरिएर रहेका नेपाली आमाबुबा दाजुभाईहरु लाई आन्दोलन ,उत्पादन र क्रान्ति सँगसँगै बढाउनुपर्छ भन्ने सकारात्मक सन्देश दिएको र राजनीतिक परिवर्तनका लागि उत्पादनलाई समाजवाद संग जोडेर अगाडि बढ्ने सिलसिलामा पार्टी निरन्तर खटिरहेको समेत ब्युरी इन्चार्ज राजन सिले बताएका छन।
नेकपा पश्चिम गण्डक ब्यूरो समिति र कास्की जिल्ला समितिको संयुक्त सहकार्यमा पोखराको पामे क्षेत्रमा असार १५ गते करिव २० बिघा जमिन मा रोपाइ समेत गरेको थियो। -शेर ब.बिश्वकर्मा

प्रतिक्रियाहरु

[anycomment]