आज साउन १५ : राष्ट्रिय खिर दिवसको रुपमा मनाइँदै

२०८० श्रावण १५ गते, सोमबार

काठमाडौं । आज साउन १५ गते , नेपाली समाजमा खीर खाने दिनका रुपमा परिचित छ । राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ गतेलाई खीर दिसवका रूपमा मनाउने निर्णय गरेको छ । खीर खाने चलन पहिलादेखि चल्दै आएको हुनाले बोर्डले त्यसलाई मान्यता दिँदै राष्ट्रिय खीर दिवसकै रूपमा मनाउने निर्णय गरेको हो । नेपालमा यसको प्रचलन परापूर्व कालदेखि नै चलेको पाइन्छ ।
वर्षा सुरु भएदेखि नै खेतीपातीमा व्यस्त हुने किसानलाई पुनर्जागृत गर्न साउनमा खीर खाने चलन रहिआएको संस्कृतिविद्हरुको भनाइ छ । चामललाई दुधमा मसलासहित पकाएर तयार पारिने परिकारबाट मानव शरीरलाई आवश्यक पर्ने धेरै प्रकारका पौष्टिक तत्व प्राप्त हुने गर्दछ । आजको दिन परिवारका सदस्य, इष्टमित्र, आफन्तसँग बसेर खीरलगायत मिष्ठान्न परिकार खाने चलन छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

पुसमै पाक्यो ‘चैते काफल’ !

२०८१ माघ ३ गते, बिहीबार

पूर्वअसई बन्दुकसहित पक्राउ

२०८१ माघ २ गते, बुधबार

भूकम्प सुरक्षा दिवस मनाइँदै

२०८१ माघ २ गते, बुधबार