वर्षाका कारण देशका विभिन्न भागमा सडक अवरुद्ध

२०८० श्रावण २८ गते, आईतवार


काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । अहिले ३ वटा राष्ट्रिय राजमार्ग ३ ठाउँमा अवरूद्ध रहेको र विभिन्न स्थानका सहायक सडकहरु ३ दर्जन भन्दा बढी ठाउँमा एकतर्फी सञ्चालन भईरहेको सडक विभागले जनाएको छ ।
विभागका अनुसार तमोर करिडोर पाँचथरको माझिटारस्थित हेवा खोलामा अवरूद्ध रहेको छ । यस्तै, कालीगण्डकी करिडोर सडक म्याग्दीको बैसरीमा गएको पहिरोले अवरुद्ध रहेको छ । गुल्मीको रिडीदेखि प्युठानको हंसपुर जोड्ने सडक सल्यानको अश्विनीमा अवरूद्ध रहेको पनि विभागले जनाएको छ । देशका पहाडभी भेगका अधिकांश सडकहरु अवरुद्ध हुने र खुलाउने क्रम चलिरहेको पनि विभागले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

जीप दुर्घटना : आठ जनाको मृत्यु

२०८२ कार्तिक ९ गते, शनिबार

छठ पर्व सुरु, आज ‘नहाय, खाय’

२०८२ कार्तिक ९ गते, शनिबार

‘भैयादुज’ पर्व मनाइँदै

२०८२ कार्तिक ७ गते, बिहीबार