आज ओल्के पर्व मनाइँदै

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं । सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै छ । प्रदेशको महत्वपूर्ण पर्व भएकाले सुदुरपश्चि सरकारले शुक्रबार प्रदेशभरी सार्वजनिक बिदा समेत दिएको छ । आफूभन्दा ठूला र सम्मानित ब्यक्तिलाई सगुन तथा कोशेली दिएर यो पर्व मनाउने गरिन्छ । यस पर्वमा मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरूप कर्कलाको पात, फलफूल आदि दिने, मीठो मसिनो खाने र हात–खुट्टामा मेहेन्दी लगाउने गरिन्छ । यस्तै, विवाहिता छोरीलाई माइती बोलाएर सेल रोटी, माणा, निसौसे, डुब्कीलगायतका मिष्ठान्न परिकार खुवाउने चलन पनि रहेको छ । सुदूरपश्चिममा आजकै दिन ‘बूढी हाल्ने’ चलन पनि छ । गाउँघर नजिककैो अग्लो ठाउँमा जम्मा भएर रूख बिरुवाका हाँगा र पातको थुप्रो बनाउँदै ‘बूढी हाल्ने’ गरिन्छ । साँझ त्यही थुप्रोमा लगाइने आगोलाई बुढी पोल्ने भनिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कालीगण्डकी करिडोर अवरुद्ध

२०८२ श्रावण ८ गते, बुधबार

देशभर ७२ प्रतिशत धान रोपाइँ सम्पन्न

२०८२ श्रावण ७ गते, मंगलवार

सेयर काराेबारी अग्रवाल पक्राउ

२०८२ श्रावण ६ गते, सोमबार