काठमाडौंका ५२ ठाउँमा विद्युत अवरुद्ध !

२०८० भाद्र २ गते, शनिबार


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले एक सूचना जारी गर्दै शनिबार काठमाडौंका विभिन्न ५२ स्थानमा करिब ५ घन्टा विद्युत अवरुद्ध हुने जानकारी गराएको छ । लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्नेगरी कार्य भइरहेकोले काठमाडौंका विभिन्न क्षेत्रको विद्युत् सेवा अवरुद्ध हुन लागेको सूचनामा भनिएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार अहिले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने छ। निर्धारित समयअघि काम सम्पन्न सकिए विद्युत् सेवा अगावै सञ्चालनमा आउने छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज देशभर वर्षाको सम्भावना

२०८२ भाद्र ३० गते, सोमबार

आज राष्ट्रिय बाल दिवस

२०८२ भाद्र २९ गते, आईतवार

आजको मौसम पूर्वानुमान

२०८२ भाद्र २९ गते, आईतवार

जितिया पर्व: आज ‘ओगटन’ मनाइँदै

२०८२ भाद्र २८ गते, शनिबार