नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

२०८० भाद्र ५ गते, मंगलवार


काठमाडौँ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार सुख्खा पहिरोका कारण अवरुद्ध मुग्लिन–चितवन सडकखण्ड अझै खुल्न सकेको छैन । सडकखण्डको टोपेखोला नजिकै सोमबार राति ८ बजे पहिरो झरेर सडक दुईतर्फी नै अवरुद्ध भएको थियो । ठूलो पहिरो झरेकाले पन्छाउन समय लाग्ने प्रहरीको भनाइ छ । सडक डिभिजन कार्यालय भरतपुरले पहिरो गएको ठाउँमा डोजर पठाएको र पहिरो पन्छाउने काम भईरहेको जनाएको छ । मध्यान्हसम्ममा सडक खुल्न सक्ने चितवन ट्राफिक कार्यालयले जनाएको छ । सो सडकखण्ड यो वर्ष मात्र ६ पटक अवरुद्ध भइसकेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज सिथि नखः

२०८२ जेष्ठ १९ गते, आईतवार

पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध

२०८२ जेष्ठ १८ गते, शनिबार

धरान–धनकुटा सडक अवरुद्ध

२०८२ जेष्ठ १८ गते, शनिबार