कामपाले ऐलानी जग्गामा बनेको कवाडी संकलन टहरा भत्कायो
२०८० भाद्र ५ गते, मंगलवार
काठमाडौं । काठमाडौं महानगरपालिकाले चाबहिलको गंगाहिटीमा रहेको ऐलानी जग्गामा रहेका कवाडी संकलन टहरा सम्बन्धित पक्षले हटाउन अटेर गरेपछि डोजर चलाएर भत्काएको छ। नगर प्रहरी निरीक्षक किशोर भट्टराईका अनुसार । महानगरले टहरा हटाउन सम्बन्धित पक्षलाई पटक–पटक सूचना गरेपनि अटेर गरेपछि बाध्य भएर डोजर चलाउनु परेको हो । ५ महिना अघि महानगरले ऐलानी/पर्ती जग्गामा बनेका अनधिकृत संरचना हटाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार महानगरले अनधिकृत संरचना हटाउन सरोकार पक्षलाई पत्राचार गर्दै आइरहेको महानगरले बताएको छ ।
भट्टराईले भने – ‘३ दिन अगाडि पनि हामीले हटाउन भनेका थियों । तर, हटाउने काम नभएपछि डोजर चलाएका हौं । टहरा हटाउन ४ पटक भन्दा बढी समय दिइसकेका थियौं। ’