तीर्थयात्री चढेको बस दुर्घटना : छ जनाको मृत्यु

२०८० भाद्र ७ गते, बिहीबार


काठमाडौँ । काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान चुरियामाई अगाडि दुर्घटना भएको छ । बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ। मृत्यु हुनेको सनाखत हुन सकेको छैन।
बसमा सवार २६ जनामध्ये तीन जनाको घटनास्थलमा तथा तीन जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए। घाइते यात्रुको मकवानपुरको हेटौंडास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको उनले बताए। आज बिहान २ बजे जितपुर सिमरा उपमहानगरपालिका-२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई नजिक बस सडक दुर्घटना भएको हो।
तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध

२०८२ जेष्ठ १८ गते, शनिबार

धरान–धनकुटा सडक अवरुद्ध

२०८२ जेष्ठ १८ गते, शनिबार

नारायणघाट-बुटवल सडक अवरुद्ध

२०८२ जेष्ठ १७ गते, शुक्रबार