वडाध्यक्ष मुकुन्द रिजालको निधन

२०८० भाद्र २१ गते, बिहीबार

काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको बिहीबार बिहान निधन भएको छ । ग्राण्डी अस्पतालमा उपचार गराउँदै आएका रिजालको बिहीबार बिहान निधन भएको महानगर स्रोतले जनाएको छ ।
रिजाल काठमाडौं कांग्रेस क्षेत्र नम्बर ७ क्षेत्रीय सभापति समेत थिए । वडा नम्बर १६ बाट लगातार दुई वडाध्यक्ष बनेका रिजाल हक्की स्वभावका व्यक्ति थिए । रिजालको शव अहिले ११ बजेदेखि श्रद्धाञ्जलीका लागि राष्ट्रिय सभागृहमा राखिने जनाइएको छ । उनको बिहीबार नै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने पनि बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार