नेपालमा ६२ प्रतिशत कृषक !

काठमाडौँ । नेपालमा ६२ प्रतिशत कृषक परिवार रहेको पाइएको छ । बिहीवार सार्वजनिक गरिएको सातौं कृषि गणनाको प्रमुख नतिजाअनुसार नेपालमा ६२ प्रतिशत कृषक परिवार रहेको पाइएको हो । नयाँ तथ्यांकअनुसार नेपालमा पछिल्लो १० वर्षमा ९ प्रतिशतले कृषक परिवार घटेको पाइएको छ । अघिल्लो कृषि गणनामा यस्ता कृषक परिवारको प्रतिशत ७१ देखाएको थियो ।
उक्त कार्यक्रममा राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक बद्रिकुमार कार्कीले कृषि गणना २०७८ अनुसार नेपालमा जम्मा ४१ लाख ३० हजार ७८९ कृषक परिवारले २२ लाख १८ हजार ४१० हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको बताए ।
उनले अघिल्लो कृषि गणना २०६८ अनुसार ३८ हजार ३१ हजार ९३ कृषक परिवारले २५ लाख २५ हजार ६३९ हेक्टर जग्गामा कृषिकार्य गरेको बताए । उनका अनुसार पछिल्लो १० वर्षमा ३ लाख हेक्टर जमिन कृषि कार्यमा घटेको छ । कृषि गणनाले कृषक परिवारअन्तर्गत जम्मा कित्ता सङ्ख्या १ करोड १५ लाख ८३ हजार ९५० र प्रतिकृषक परिवार कित्ता संख्या २.८ देखाएको उनको भनाइ थियो ।
उनले राष्ट्रिय कृषि गणना २०७८ को नतिाजअनुसार नेपालमा राँगा र भैँसीको कुल संख्या २९ लाख २३ हजार रहेको बताए । उनले २०६८ को गणनामा भैँसीको संख्या ३१ लाख ७४ हजार रहेकोमा १० वर्षमा राँगा र भैँसीको संख्या २ लाख ५१ हजारले घटेको बताए । राँगा र भैँसी पाल्ने कृषक परिवार संख्यामा पनि ठूलो गिरावट आएपनि उन्नत राँगा भैँसी भने १२ प्रतिशतले बढ्न गएको उनले उल्लेख गरे । उनले २०६८ सालमा राँगा र भैँसी पाल्ने किसान परिवारको संख्या १६ लाख ६९ हजा रहेकामा नयाँ गणनामा यस्तो परिवार संख्या २ लाख ५२ हजारले घटेर १४ लाख १७ हजारमा सिमित भएको उल्लेख गरे ।
उनले ६३ लाख रहेका गाईगोरु पनि पछिल्लो १० वर्षमा घटेर ४६ लाख पुगेको बताए । पछिल्लो १० वर्षमा गाई गोरु,राँगा र भैँसी घटेपनि बाख्रा र च्याङ्गा भने १ करोड १० लाखबाट बढेर १ करोड ४२ लाख पुगेको उनको भनाइ थियो ।
सुँगुर र बँगुर पनि ८ लाखबाट बढेर १४ लाख पुगेको उनले बताए । साथै, गाईको संख्या घटेपनि उन्नत गाईको संख्या भने ४२ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।
त्यस्तै, कृषकहरुले उत्पादन गरेको ७० प्रतिशत वस्तु घरपरिवारमा नै खपत गर्नु परेको उनले बताए । उनले कृषि उत्पादन गरेको वस्तु खपत र बेच्ने २५ प्रतिशतले मात्रै किसान रहेको उल्लेख गरे । उनले नेपालमा उत्पादन गरेको सबै वस्तु बच्ने किसान १ प्रतिशत मात्रै रहेको बताए । कृषि उत्पादन गरेर वर्षैभर खान पुग्ने कृषक परिवार ४५ प्रतिशत रहेहेको तथ्याङ्कले देखाएको छ ।
कृषि गणना २०७८ अनुसार नेपालका १२ प्रतिशत किसानले मात्रै कृषि ऋण लिएको देखिएको छ । कृषि ऋण लिनेहरु २०६८ मा २२ प्रतिशत रहेको थियो । कृषि गणना २०७८ अनुसार कृषकहरुको कृषि ऋणमा चासो नदेखाएको देखिएको उनले जानकारी दिए । उनले कृषि बीमा गर्ने कृषकहरुमा ४ प्रतिशत मात्रै रहेको बताए ।
निर्देशक कार्कीले सरकारी अनुदानमा लिने कृषकहरुको संख्या ७ प्रतिशत मात्रै रहेको र ९३ प्रतिशत किसानहरु सरकारी अनुदानमा बेखबर रहेको उल्लेख गरे । कृषिगणना अनुसार मुख्य कृषक पुरुष हुने क्रम बिस्तारै घट्दै गएको छ । २०७८ को कृषिगणना अनुसार मुख्य कृषक महिला ३२ प्रतिशत रहेको छ ।
कार्कीले कृषक परिवारले १२,०९,२६५.५ हेक्टर जग्गामा सिँचाई सुविधा लिएको देखिएको बताए । उनले कृषक परिवार अन्तर्गतको जम्मा जग्गामध्ये ५४.५ प्रतिशत जग्गामा सिँचाई सुविधा उपयोग भएको देखिएको
बताए ।
यसैगरी , सोही कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठले नेपालमा गुणस्तरिय तथ्याङ्क नहुँदा सरकारले बनाएका नीति कार्यक्रम र योजनाहरु सफल हुन नसकेको बताए । उन ले सरकारले बनाउने हरेक नीति,योजना तथा कार्यक्रमहरु तथ्याङ्कमा आधारित भएर बनाउने तर तथ्याङ्क गुणस्तरीय नुहँदा योजनाहरु विफल हुने गरेको दाबी गर्दै राष्ट्रिय योजना आयोगले बनाउने हरेक योजनाहरुमा समेत तथ्य तथ्याङ्क आवश्यक गर्ने बताए ।
उपाध्यक्ष श्रेष्ठले आयोगले १६ औं योजना बनाई रहेको भन्दै तथ्याङ्क कार्यालयले ठिक समय कृषि गणना सार्वजनिक भएको उल्लेख गर्दै तथ्याङ्क गुणस्तरीय नहुँदा मुलुकमा अहिलेसम्म राज्यले गरेका योजना तर्जुमा, नीति र कार्यक्रमहरु लागू भएपनि अपेक्षा अनुसार प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको बताए ।
उपाध्यक्ष श्रेष्ठले सरकारले बनाएरका योजनाहरुले केही नजिता दिएपनि मुलुकको आवश्यकताको तुलनामा न्युन रहेको उल्लेख गर्दै आयोगले १६ औं योजनालाई स्टक्चर ट्रान्सफरमेसन केन्द्रित बनाउन चाहेको बताe । उनले १६ औं योजनाको प्राथमिकता कृषि उत्पादन र वृद्धिमा रहने दावी गरे ।
उपाध्यक्ष श्रेष्ठले कृषि क्षेत्रलाई व्यवसायीकिकरण र आधुनिकीकरण गर्नसके मात्रै छोटो समयमा धेरै उत्पादन र रोजगारी बढाउन सकिने दाबी गर्दै उद्योग क्षेत्रको विकास नभइ सेवा क्षेत्रको विकास नटिक्ने बताए ।
उपाध्यक्ष श्रेष्ठले अब तथ्याङ्क संकलनमा तीनै तह लाग्ने र राष्ट्रिय एकीकृत तथ्याङ्क प्रणाली विकास गरी स्थानीय र प्रदेश तहको क्षमता विकास गर्न योजना रहेको बताए ।
स्मरणीय छ , अघिल्लो कृषिगणना २०६८ मा सिंचाई सुविधा उपयोग भएको गाको क्षेत्रफल ५२ प्रतिशत मात्र थियो । गणनाका अनुसार सिंचाई सुविधा लिएका कृषक परिवार ७० प्रतिशत हुन आएको देखिन्छ भने अघिल्लो कृषि गणनाले यो ६५ प्रतिशत रहेको देखाएको थियो ।
नेपालका करिव ४० लाख परिवार खेतीपातीमा आवद्ध भएको पाइएको छ । कृषि गणनाअनुसार ३९ लाख ९९ हजार परिवारले खेतीपाती गरेको र एक लाख ३२ हजारले पशुपंक्षी पालन गरेको पाइएको छ । छैटौं गणना २०६८ मा ३७ लाख १६ हजार परिवारले खतीपाती गरेको र एक लाख १६ हजारले पशुपंक्षी मात्रै पालेका थिए ।
अहिले यो परिवार संख्या बढेको पाइएको छ । राष्ट्रिय कृषि गणना २०६८ मा २५ लाख हेक्टर कृषियोग्य जमिन थियो । हाल २२ लाख हेक्टर मात्रै कृषियोग्य जमिन छ । कृषिगणना अनुसार कृषक परिवारको संख्या बढेपनि कृषियोग्य जमिन भने घट्दै गएको देखिएको छ । हिमालमा ०.२ प्रतिशत कृषक परिवार बढ्दा कृषियोग्य जमिन २१.७ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ । पहाडमा कृषक परिवार ७.७ प्रतिशतले बढेको छ भने १२ प्रतिशतले कृषि जग्गा घटेको छ । तराईमा ९.४ प्रतिशतले कृषक परिवार बढ्दा ११ प्रतिशतले कृषि जमिन घटेको छ ।
अस्थायी बाँझो जग्गा दोब्बरले बढेको कृषिगणनाले देखाएको छ । कृषि गणना २०६८मा ३० हजार हेक्टर अस्थायी बाँझो जग्गा भएपनि अहिले ६० हजार हेक्टर जग्गा अस्थायी बाँझो रहेको छ । कृषिगणना २०७८ ले नेपालमा कृषिकार्यको लागि ट्याक्टर प्रयोग गर्नेको सङ्ख्या दोब्बर भएको देखाएको छ । कृषि गणना २०६८ ले ८ लाख ४५ हजार कृषक परिवारले कृषिकार्यको लागि ट्याक्टर प्रयोग गरेको देखाएको थियो भने कृषि गणना २०७८ ले यो संख्या झन्डै दोब्बर भएर १६ लाख ३९ हजार पुगेको देखाएको हो ।
पछिल्लो १० वर्षको अवधिमा ४ लखा ७१ हजार २६० कृषक परिवारले कृषि कार्यका लागि पावर ट्रिलर प्रयोग गरेको र १ लाख १७ हजार ९९१ वटा पावर ट्रिलर सञ्चालनमा रहेको देखिन्छ । २०६८ र २०७८ दुई गणनाको तुलना गर्दा कृषक परिवारले प्रयोग गरेका फलामे हलोको सङ्ख्यामा उल्लेखनीय रूपमा गिरावट आएको छ ।