अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै

२०८० भाद्र २२ गते, शुक्रबार

काठमाडौं । आज सेप्टेम्बर ८ तारिख , अन्तर्राष्ट्रिय साक्षरता दिवस । संयुक्त राष्ट्रसंघको आह्वानमा यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । यो बर्षको नारा ‘दिगो र शान्तिपूर्ण समाज निर्माणका लागि साक्षरताको प्रवर्द्धन’ भन्ने रहेको छ । नेपाल सरकारले दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने लक्ष्यका साथ पहिलो पटक २०६५ सालमा साक्षरता अभियानको शुरुवात गरेको थियो । तर १५ बर्ष बितिसक्दा पनि अझै मधेस प्रदेशका ८ सहित १४ वटा जिल्ला पूर्ण साक्षर घोषणा हुन सकेका छैनन् ।
यस्तै, देशभर एक सय ६१ वटा पालिका साक्षर घोषणा हुन बाँकी छ । सरकारले आर्थिक वर्ष २०८०/८१ भित्र नेपाललाई साक्षर नेपाल घोषणा गर्ने लक्ष्य राखेको छ । पछिल्लो तथ्याङ्क अनुसार पाँच वर्षमाथिको साक्षरता दर ७६ दशमलव २ प्रतिशत रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार