नेकपा कुमाख गाउँपालिकाले जनसंघर्ष चर्काउने
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी उत्तर सल्यानकाे कुमाख गाउँपालिकाले जनसंघर्ष चर्काउने निर्णय गरेको छ। कुमाख गाउँपालिका कमिटीकाे दोश्रो बैठकले संगठन,संघर्ष तथा आर्थिक एजेन्डाहरुमा छलफल गरेर निर्णय गरेको पार्टीका जिल्ला सदस्य तथा कुमाख गाउँपालिका सह-इन्चार्ज गणेश चन्द सीले जानकारी दिए ।
नेपाल कम्युनिस्ट पार्टी कुमाख गाउँपालिका कमिटीका सचिव अनिल राेकाया सीकाे अध्यक्षतामा बसेकाे बैठकमा प्रमुख अतिथिकाे रुपमा पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा उत्तर सल्यान जिल्लाका इन्चार्ज भीम भारती सीकाे उपस्थिति रहेको थियो । बैठकमा पार्टीका उत्तर सल्यान जिल्ला कमिटी सचिवालय सदस्य तथा कुमाख गाउँपालिका इन्चार्ज माेहन पुरुष सी, जिल्ला सल्लाहकार कमिटीका सदस्य जीतेन्द्र सी, कुमाख गाउँपालिका कमिटीका सल्लाहकार सदस्यहरु परवीर सी, दलजित सी लगायतकाे विशेष उपस्थिति रहेकाे थियो ।
बैठकमा पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा जिल्ला इन्चार्ज भीम भारती सीले पार्टीको केन्द्रीय याेजना तथा पार्टी केन्द्रले तय गरेको दस्तावेजमा आधारित रहेर पार्टी प्रशिक्षण दिएका थिए ।
बैठक पछि पार्टीका गाउँपालिका इन्चार्ज माेहन पुरुष सीकाे नेतृत्वमा गएको प्रतिनिधि मण्डलले कुमाख गाउँपालिका, गाउँ कार्यपालिकाकाे कार्यालय र इलाका प्रहरी कार्यालय रागेचाैर गएर शनिबार तथा सार्वजनिक बिदाकाे दिन सरकारि यातायातका साधनहरु चरम रुपमा दुरुपयोग भएको र यसको नियन्त्रण गर्न ध्यानाकर्षण गराएको थियो । यातायातका सरकारी साधनहरु शनिबार तथा सार्वजनिक बिदाकाे दिन दुरुपयोग हुन नछाडे आफ्नो पार्टी निकट युवा संगठन तथा जनस्वयमसेवकहरुले नियन्त्रणमा लिएर प्रहरिलाई बुझाउन बाध्य हुने जानकारी गराएकाे पार्टीका कुमाख गाउँपालिकाका वरिष्ठ सदस्य गाेकर्ण शाही सीले बताए ।