मलंगवामा झडप : सुरक्षाकर्मी तैनाथ

२०८० भाद्र २३ गते, शनिबार


काठमाडौँ । सर्लाही सदरमुकाम मलंगवामा कृष्ण जन्माअष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा शुक्रबार बेलुका दुई समुदायबीच झडप हुँदा मलंगवा बजार क्षेत्र अशान्त बनेपछि स्थानीय प्रशासनले सुरक्षाकर्मी तैनाथ गरेको छ । मध्यरातबाट अवस्था सामान्य भएपनि आज बिहानबाट फेरि टायर बालेर प्रदर्शन गर्दै ढुंगामुढा हुन थालेपछि सुरक्षा सतर्कता बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सम्भावित अप्रिय घटनालाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा पारिएको बताए ।
प्रजिअ यादवका अनुसार जिल्ला प्रहरी प्रमुखसहितको टोली सुरक्षामा तैनाथ छ । गएराति झडप रोक्न प्रहरीले १६ शेल अश्रुग्याँस र एक राउण्ड हवाइ फायर गरेको थियो । आज फेरि प्रदर्शन चर्किएपछि प्रहरीले बेलाबेलामा अश्रुग्याँस प्रहार गरिरहेको स्थानीयले बताएका छन् ।
शनिबार बिहान जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय/सर्वपक्षिय बैठकले धार्मिक, जातिय, साँंस्कृतिक सद्भाव कायम राख्न सबैसँग अपिल गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

उँभौली पर्व मनाइँदै

२०८२ बैशाख २९ गते, सोमबार

आज २५६९औं बुद्ध जयन्ती

२०८२ बैशाख २९ गते, सोमबार

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

२०८२ बैशाख २८ गते, आईतवार