काठमाडौं र ललितपुरका केही ठाउँमा ३ दिन विद्युत् कटौती हुने

२०८० भाद्र २९ गते, शुक्रबार


काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले काठमाडौं र ललितपुरका केही ठाउँमा आजदेखि लगातार तीन दिन विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ । प्राधिकरणले सूचना जारी गर्दै स्युचाटार-टेकु सबस्टेसनबाट तीन दिन सट डाउन गर्न लागेकोले विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ ।
प्राधिकरणले टेकु सबस्टेशन स्तरोन्नती गरी टेकू-स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्नेगरी काम भइरहेको जनाएको छ । त्यसका लागि ६६ केभी स्युचाटार-टेकु लाइन शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म तीन दिनसम्म ‘सटडाउन’ गरिने प्राधिकरणले जनाएको छ।
त्यसैगरी ६६ केभी स्युचाटार-पाटन प्रसारण लाइन शनिबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म र ६६ केभी स्युचाटार-के३ लाइन शनिबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म सटडाउन गरिने प्राधिकरणले जनाएको छ ।
तीन वटा प्रसारण लाइन सटडाउन गर्दा काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा विद्युत् प्रशारण प्रभावित हुने भएको छ । ६६ केभी स्युचाटार-टेकु प्रसारण लाइन शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म तीन दिन अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु