तीज सुरू, आज दर खाने दिन

२०८० भाद्र ३१ गते, आईतवार

काठमाडौँ । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज सुरु भएको छ । भाद्र शुक्ल द्वितिया देखि पञ्चमी सम्म चार दिन मनाइने तीज पर्वको पहिलो दिन आज घर घरमा दर खाने गरिन्छ । माइती घरमा आएका चेलीबेटीहरुलाई मीठा मीठा परिकार बनाएर दर खुवाउने चलन छ । तीजको व्रत बस्नेहरुलाई मीठा मीठा र अडिलो परिकार खुवाउने गरिन्छ । दर खाएसँगै औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीको पूजासँग समापन हुने गर्दछ । तृतीयाका दिन हरितालिका ब्रत, चौँथीका दिन गणेशको पूजा हुने गर्दछ ।
तीजको चौथो दिन महिलाहरूले नदी तलाउमा गएर स्नान गरेर पञ्चमीको दिन सप्तऋषिको पूजा गरेपछि तीजको ब्रत समापन हुने गर्दछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु