थारू समुदाय अट्वारी पर्व मनाउँदै
२०८० भाद्र ३१ गते, आईतवार
काठमाडौँ । पश्चिम तराइका थारु समुदाय अट्वारी पर्व मनाउँदैछन् । विशेष गरी दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लाहरुमा बस्ने थारु समुदायले आज अट्वारी पर्व मनाउँदै छन । अट्वारी पर्वमा दाजुभाइले दिदीबहिनीको रक्षाका लागि निर्जल र निराहर ब्रत बस्ने परम्परा छ । यो पर्व थारु समुदायको दसैं पछिको दोस्रो ठूलो चाड मानिन्छ । अट्वारी पर्व धुमधामसँग मनाउन आज लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारले थारू समुदायलाई सार्वजनिक बिदा दिएका छन् ।