चौठचन्द्र पर्व मनाइँदै

२०८० आश्विन १ गते, सोमबार


काठमाडौँ । आज चौठचन्द्र (चौरचन) पर्व , तराई मधेशमा क्षेत्रमा चौठचन्द्र पर्वका दिन व्रतालुले दिनभरि उपवास बसेर साँझपख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा छ । भदौ शुक्ल चतुर्थीको दिन फलफुल लिएर चन्द्रमाको पूजा गर्दा विभिन्न प्रकारका कलंकबाट मुक्ति पाइने विश्वास रहेको छ। व्रतालु साँझको समयमा भगवान गणेश र चन्द्रमालाई खीर, पुरी, फलफूल प्रसादको रुपमा अर्पण गर्ने गरिन्छ ।
आज सूर्यास्तपछि गाईको गोबरले लिपेर आँगनमा चामलको पिठोको कलात्मक अरिपन बनाई त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गर्ने परम्परा चौठचन्द्र पर्वमा रहेको छ ।
माटोको नयाँ भाँडोको दही, केरा, मिठाइ, फलफूलका साथै विभिन्न प्रकारका पकवान राखेर विभिन्न देवी-देवतालाई चढाइन्छ ।
आजको दिन लोकपर्व चौठचन्द मनाउने क्रममा गणेश र चन्द्रमाको कथा सुन्ने समेत परम्परा रही आएको छ ।यस पर्वको प्रारम्भ तत्कालिन नरेश हेमांगद ठाकुरले गरेका थिए। उनी नरेशका अतिरिक्त प्रख्यात ज्योतिषी समेत थिए । चौठचन्द्र गर्नाले विशिष्ट फल प्राप्त हुने धार्मिक विश्वास रहेकाले मिथिलाञ्चलसहित मधेशमा घर–घरमा यो पर्व मनाउन थालियो ।
चौठचन्द्र पर्व जनकपुरधामसहित धनुषा, महोत्तरी, सिरहा, सर्लाही, सप्तरी, बारा, पर्सा लगायत भारतका केही राज्यहरुमा समेत मनाईन्छ । हिन्दु धर्मावलम्बी समुदायका व्यक्तिहरुले यस पर्वलाई विशेष महत्वको साथ मनाउने गर्दछन्। पर्व समापनपछि चढाइएको प्रसाद ग्रहण गर्ने र इष्टमित्रलाई वितरण गर्ने समेत परम्परा रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

उँभौली पर्व मनाइँदै

२०८२ बैशाख २९ गते, सोमबार

आज २५६९औं बुद्ध जयन्ती

२०८२ बैशाख २९ गते, सोमबार

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

२०८२ बैशाख २८ गते, आईतवार