आज विश्वकर्मा पूजा

२०८० आश्विन १ गते, सोमबार


काठमाडौँ । आज आश्विन संक्रान्ति, प्रत्येक वर्ष कन्या अर्थात् आश्विन संक्रान्तिका दिन कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् । यस अवसरमा सवारी साधन, कलकारखाना र धातुका विभिन्न औजारको पूजा गर्ने गरिन्छ । आज औजार तथा यान्त्रिक सामग्रीको पूजा गर्दा धेरै समय टिक्ने, कामको बेलामा नबिग्रने र राम्रो काम गर्ने जनविश्वास छ ।
द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरेकाले विश्वकर्मालाई सवैभन्दा सफल वास्तुविद्का रूपमा मानेर सोही समयदेखि पूजाआजा गर्ने परम्परा बसेको शास्त्रीय ब्याख्या छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज देशभर वर्षाको सम्भावना

२०८२ भाद्र ३० गते, सोमबार

आज राष्ट्रिय बाल दिवस

२०८२ भाद्र २९ गते, आईतवार

आजको मौसम पूर्वानुमान

२०८२ भाद्र २९ गते, आईतवार