आज हरितालिका तीज

२०८० आश्विन १ गते, सोमबार


काठमाडौँ । आज भाद्र शुक्ल तृतीया हिन्दु नारीहरुले हरितालिका तीज पर्व मनाउँदैछन् । आजका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाइन्छ । हिजो आइतबार दर खाएर बसेका महिलाहरु आज सोमबार दिनभर निराहार ब्रत बसेर भगवान महादेवको पूजा आराधना गर्ने गर्दछन् ।
तीजमा पशुपतिनाथसहित देशभरका शिवालयहरुमा पूजाआजा गर्ने महिलाहरुको बिहानैदेखि भीड लागेको छ । यस पर्वमा ब्रत बसेर शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले पशुपतिनाथ, गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरू भएको पौराणिक मान्यता छ ।
विवाहिता महिलाहरूले अटल सौभाग्य तथा सन्तान प्राप्ति र अविवाहित युवतीहरूले योग्य बरको कामना गर्दै तीजमा ब्रत बस्ने गर्दछन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

पुसमै पाक्यो ‘चैते काफल’ !

२०८१ माघ ३ गते, बिहीबार

पूर्वअसई बन्दुकसहित पक्राउ

२०८१ माघ २ गते, बुधबार

भूकम्प सुरक्षा दिवस मनाइँदै

२०८१ माघ २ गते, बुधबार