सडक सचेतना सप्ताह सुरु

२०८० आश्विन १४ गते, आईतवार


काठमाडौँ । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु भएको छ । दरबारमार्गबाट सुरु भएको प्रभातफेरी राष्ट्रिय सभागृहमा पुगेर सभामा परिणत भएको थियो ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अगुवाइमा गरिएको प्रभातफेरीमा कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, गृहसचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, यातायात व्यवसायीहरू, अन्य सरोकारवाला र सर्वसाधारणको उपस्थिति थियो ।
राष्ट्रिय सभागृहको कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले ट्राफिक लाइटको वैज्ञानिक प्रयोग र ट्राफिक प्रहरीलाई थप इन्सेन्टिभ दिनेबारे छलफल चलिरहेको जानकारी दिए ।
सडक सुरक्षाको जिम्मेवारी ट्राफिक प्रहरीको मात्रै हो भन्ने नठानेर चालक र अन्य पक्ष समेत उत्तिकै जिम्मेवार हुनुपर्ने बताउदै भने – ‘यति समयमा गन्तव्यमा पुग्छौं भन्ने अनुमानलाई सिद्ध बनाउनसक्नु हामी सबैको जिम्मेवारी हो । ’

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

१०८ जना फरार प्रतिवादी कारागार चलान

२०८१ मंसिर २७ गते, बिहीबार

काठमाडौं उपत्यकामा चिसो बढ्यो

२०८१ मंसिर २७ गते, बिहीबार

जिप दुर्घटना : ५ जनाको मृत्यु

२०८१ मंसिर २७ गते, बिहीबार