देउराली सहकारीका अध्यक्ष पक्राउ

२०८० आश्विन १८ गते, बिहीबार


काठमाडौँ । देउराली वचत तथा ऋण सहाकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईं पक्राउ परेका छन् । बचतकर्ताले जम्मा गरेको झण्डै ४ करोड रकम हिनामिना गरेको आरोपमा चौलागाईं पक्राउ परेका हुन् । चौंलागाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले आज पक्राउ गरेको हो । उनीमाथि बचतकर्ताको रकम हिनामिना गरेको लगायतका उजुरी दर्ता भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । चौलागाईं काभ्रेपलान्चोकको साविक कात्तिके देउराली गाविस– ८ हाल परिवर्तित चौरी देउराली गाउँपालिका ६ का स्थायी वासिन्दा हुन् ।
आफ्नो निक्षेप जोखिममा रहेको ठानी सम्बन्धित संस्थाका कर्मचारी तथा पदाधिकारीहरुलाई लामो समयदेखि ध्यानाकर्षण गराउँदा समेत नियमानुसार पाउनु पर्ने निक्षेप तथा सोको ब्याज रकम उपलब्ध गराईदिने तर्फ आवश्यक पहल नगरेको बचतकर्ताको आरोप छ ।
हालसम्म प्राप्त जाहेरी अनुसार चार करोड ४९ लाख ९९ हजार ४४३ रुपैयाँ बचत रकम अपचलन तथा हिनामिना गर्ने कार्यमा संलग्न उल्लेखित सहकारी संस्थाका अध्यक्षलाई यही असोज १६ गते पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भैरहेको सीआईबीले जनाएको छ । साथै, उल्लेखित सहकारीबाट पीडित निक्षेपकर्ताहरुले यथाशिघ्र ब्यूरोमा सम्पर्क गर्न समेत सीआईबीले अनुरोध गरेको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु