इन्जिनियरहरु पनि सङ्घर्षतिर

२०८० आश्विन २१ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति सदस्य तथा विद्यार्थी फ्र्याक्सन इन्चार्ज शिलु सीले इन्जिनियरहरुले एमसीसी र भाैतिक निर्माणकाे सही सूचना प्रवाह गरेर देश र जनताको पक्षमा काम गर्नुपर्ने बताएकी छन् । शनिबार बुद्वनगरस्थित नेकपाकाे केन्द्रीय कार्यलयमा भएकाे नेपाल कम्युनिस्ट पार्टीनिकट ‘जनगणतान्त्रिक इन्जिनियर एसाेसियन नेपाल’ काे १५ औँ बैठकलाई सम्बाेधन गर्दै साे कुरा बताएकी हुन् ।
संगठनका संयाेजक सुरेश सीकाे अध्यक्षता शिलुकाे प्रमुख आतिथ्यमा भएकाे बैठकले संगठनका समस्यालाई सुत्रबद्ध गरेर भाैतिक याेजना तथा निर्माण मन्त्रीलाई ज्ञापनपत्र बुझाउने लगायत संघर्षका कार्यक्रम घाेषणा गरेको छ । संगठनले राष्ट्रिय भेला गर्ने निर्णय समेत गरेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

१०८ जना फरार प्रतिवादी कारागार चलान

२०८१ मंसिर २७ गते, बिहीबार

काठमाडौं उपत्यकामा चिसो बढ्यो

२०८१ मंसिर २७ गते, बिहीबार

जिप दुर्घटना : ५ जनाको मृत्यु

२०८१ मंसिर २७ गते, बिहीबार