इन्जिनियर लाइसेन्स लिन ६ हजारको आवेदन

२०८० आश्विन २४ गते, बुधबार


काठमाडौँ। नेपाल इन्जिनियरिङ परिषद्का अनुसार इन्जिनियरिङमा स्नातक गरेका ६ हजार २३ जनाले लाइसेन्स परीक्षामा सम्मिलित हुन आवेदन फाराम भरेका छन् । परिषद्ले एक महिनाको म्याद दिएर लाइसेन्स फाराम खुला गरेको थियो । परीक्षा आगामी मङ्सिरमा सञ्चालन गरिने छ । परिषद्का रजिष्ट्रार शिवमङ्गल गिरीले आवेदकको प्रमाणपत्र छानबिन गर्न बाँकी रहेको र अन्तिम नामावलीपछि प्रकाशित गरिने बताउनुभयो । विगतमा आवेदन दिएकाजतिलाई लाइसेन्स उपलब्ध गराउने गरिएकोमा गत वर्षदेखि परीक्षा नै सञ्चालन गर्न लागिएको हो । परिषद्ले यो तेस्रो पटक लिखित परीक्षा सञ्चालन गर्न लागेको हो ।
गत परीक्षामा धेरै असफल भएका थिए । पहिलो पटक सञ्चालन गरिएको परीक्षामा दुई हजार छ जनामध्ये ५६५ जना सफल भएका थिए । सो परीक्षामा २८।१६ प्रतिशत मात्रै उत्तीर्ण भएका थिए । विदेशमा अध्ययन गरेका ३७८ जनाले परीक्षा दिएकोमा जम्मा ५८ उत्तीर्ण भएका थिए ।
परिषद्ले लिएको दोस्रो पटकको परीक्षामा दुई हजार ४६८ जनामध्ये ८०१ जना अर्थात् ३३.८७ प्रतिशत मात्रै उत्तीर्ण भएका थिए । त्यतिबेला विदेश पढेर आएका ४०४ जनामध्ये ४१ जना मात्रै उत्तीर्ण भएका थिए । अहिले इन्जिनियरिङ परिषद्ले एक सय पूर्णाङ्कमा ५० अङ्क ल्याए उत्तीर्ण हुन सक्ने व्यवस्था गरेको छ । परीक्षामा सबै प्रश्न वस्तुगत हुने गरेको छ । नेपालमा हालसम्म ७८ हजार आठ सय इन्जिनियरले लाइसेन्स लिइसकेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

१०८ जना फरार प्रतिवादी कारागार चलान

२०८१ मंसिर २७ गते, बिहीबार

काठमाडौं उपत्यकामा चिसो बढ्यो

२०८१ मंसिर २७ गते, बिहीबार

जिप दुर्घटना : ५ जनाको मृत्यु

२०८१ मंसिर २७ गते, बिहीबार