मनाङ एअरको हेलिकप्टर दुर्घटना

२०८० आश्विन २७ गते, शनिबार

काठमाडाैं। सोलुखुम्बुको लोबुचेमा मनाङ एअरको हेलिकप्टर दुर्घटना भएको छ। ओखलढुंगाको रुम्जाटारबाट लोबुचे उडेको हेलिकप्टर लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो। हेलिकप्टरमा पाइलट पिके सेढाईँ मात्रै रहेका र उनी सुरक्षित रहेका मनाङ एअरले जनाएको छ। दुर्घटनाको थप विवरण आउन बाँकी छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार पाइलट सेढाइलाई फिस्टेलको हेलिकप्टरमार्फत राजधानीको ह्याम्स हस्पिटल ल्याउन लुक्ला पुर्‍याइएको छ।

यसैबीच, नेपाल नागरिक उड्ययन प्राधिकरणले मनाङ एयरका होलिकोप्टरलाई उडानमा प्रतिबन्ध लगाएको छ । मनाङ एयरका होलिकोप्टर लगातार दुर्घटना भएपछि प्राधिकरणले उडानमा प्रतिवन्ध लगाएको हो । जुलाई ११ मा ९एन–एएमडब्ल्यू र आज ९एन–एएनजे कल साइनका हेलिकोप्टर दुर्घटना भएका हुन् । मनाङ एयरका हेलिकोप्टरको खराब उडान सुरक्षाका कारण एयर अप्रेटर सर्टिफिकेट निलम्बन गरिएको प्राधिकरणका सह–प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु