४ लाख ६२ हजार यात्रु उपत्यकाबाट बाहिरिए

२०८० कार्तिक ३ गते, शुक्रबार


काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक कार्यालयका अनुसार घटस्थापनादेखि शुक्रबार विहानसम्म लाख ६२ हजार यात्रु काठमाडौंबाट बाहिरिएका छन्। यो संख्या अझै बढ्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरक्षक राजेन्द्रप्रसाद भट्टले बताए। ‘घटनस्थापनादेखि आज विहानसम्म काठमाडौं उपत्यकाका विभिन्न नाकाबाट ४ लाख ६२ हजार यात्रु बाहिरिएका छन्,’ प्रवक्ता भट्टले डिसी नेपालसँग भने, ‘यो संख्या अझै बढ्न सक्छ। किनभने नवमीको दिनसम्म बाहिरिनेको संख्या ठूलो हुन्छ।’
ट्राफिक प्रहरीका अनुसार हाल दैनिक झण्डै एक लाखको हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिने गरेका छन्। हरेक वर्ष दशैँ, तिहार, छठ मनाउन काठमाडौं उपत्यकाबाट घर छोड्नेहरुको संख्या उल्लेख्य हुने गर्दछ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

गुडिरहेको यात्रुवाहक बसमा आगलागी !

२०८२ कार्तिक ६ गते, बुधबार

आज म्ह: पूजा

२०८२ कार्तिक ६ गते, बुधबार

विपिनको शवयात्रा सुरु

२०८२ कार्तिक ५ गते, मंगलवार

जुवा खेल्ने प्रहरीको फन्दामा

२०८२ कार्तिक ५ गते, मंगलवार