ट्राफिक नियम उल्लंघन गर्ने १०९७ जनालाई कारबाही

काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यलयले बुधबार सवारी नियम उल्लंघन गर्ने एक हजार ९७ जना चालक कारबाहीमा परेको जनाएको छ । कार्यलयले मापसे, लेन, रेडलाईट, हर्न, नम्बर प्लेट, ओभर स्पिड र अन्य विभिन्न नियम उल्लंघन गर्ने एक हजार ९७ जना चालकलाई कारबाही गरेको जनाएको छ ।
कार्यलयका अनुसार कारबाहीमा ४७१ जना ओभर स्पीड चलाउनेहरु परेका छन् । त्यसैगरी मापसे गरेर सवारी चलाउने १०० जना र लेन मिच्नेहरु २० जना कारबाहीमा परेको प्रहरी कार्यलयले जनाएको छ ।
यसैगरी, रेडलाईट, हर्न र नम्बर प्लेटका कारण क्रमशः १३, १५ र ६ जना कारबाहीमा परेका छन् ।