एक हजार पाँच सय सवारी चालकलाई कारबाही

२०८० कार्तिक १४ गते, मंगलवार

काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं उपत्यकाको तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा विशेष प्रहरी टोली नै परिचालन गरी कारबाही तीव्र पारेको छ। कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार कारबाही अभियानका क्रममा पछिल्लो २४ घण्टामा मात्रै एक हजार पाँच सय २७ जना चालकलाई कारबाही गरिएको छ। उनले सोमबार बिहानदेखि आज बिहान ६ः०० बजेसम्ममा मापसे गरेर सवारी चालाउने मात्रै ७५ जना चालकलाई कारबाही गरिएको बताए। यस्तै लेन मिच्ने २१, रेडलाइट क्रस गर्ने १२, अनावश्यकरूपमा हर्ज बजाउने १७, नम्बरप्लेट नराखी सवारी चलाउने १५ र तीव्रगतिमा गाडी चलाउने तीन सय २१ जना चालक कारबाहीमा परेका छन्।
प्रवक्ता भट्टका अनुसार अन्य विभिन्न प्रकृतिका ट्राफिक नियम उल्लंघन गर्ने एक हजार ६६ जनासहित पछिल्लो २४ घण्टामा एक हजार पाँच सय २७ जना चालकलाई कारबाही गरेको जानकारी दिए।
प्रहरीले यसरी नियम मिच्दा दुर्घटनाको जोखिम हुने भएकाले नियमसम्मतरूपमा सवारीसाधन सञ्चालन गर्न पनि अनुरोध गरेको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज सिथि नखः

२०८२ जेष्ठ १९ गते, आईतवार

पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध

२०८२ जेष्ठ १८ गते, शनिबार

धरान–धनकुटा सडक अवरुद्ध

२०८२ जेष्ठ १८ गते, शनिबार