रवि र गगनले स्टन्ट गरेको ठाउँमा नेकपाको उद्दार सहितको स्वास्थ्य शिविर

२०८० कार्तिक २४ गते, शुक्रबार

काठमाडौँ । जाजरकोटका भूकम्प पीडित जनताको उपचार तथा उद्दारमा नेपाल कम्युनिस्ट पार्टी दक्षिण कर्णाली ब्युरो समिति खटिएको छ । जिल्लाको नलगाड नगरपालिका १ मा भूकम्पले चोटपटक लागेको तथा घाइते भएका जनताको चिकित्सकीय टोलीले उपचार र उद्दार गरिरहेको नेकपा दक्षिण कर्णाली ब्युरो समिति इन्चार्ज संगम सी ले जनाएका छन् ।


नलगाड नगरपालिका १ चिउरी गाउँमा शिविर राखेर बिरामीको उपचार तथा भत्किएको घरहरु भित्र रहेका समान सार्ने लगायत जनतासँगको सहकार्यमा उद्दार कार्य गरिरहेको नेकपा जाजरकोट इन्चार्ज विराजन सी ले बताए । सरकारले एकद्वार प्रणाली मार्फत राहत वितरण गर्ने नाममा स्थानीय निकायले पार्टीका कार्यकर्तालाई मात्रै प्राथमिकता राखेको उनको भनाइ छ । नेता वीराजनका अनुसार जाजरकोटको खलंगा र नलगाड गरी दुई ठाउँमा नेकपाको उद्दार टीम शिविर बसेको छ ।
सोही ठाउँमा कार्तिक २३ गते नेपाली कांग्रेसका महामन्त्री गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आएर स्टन्ट गरेर गएको स्थानीयको गुनासो छ । हिजो नलगांड नगरपालिका १ मा कार्यकर्ताको टोली सहित पुगेको गगन थापाको टिमले एउटै ठाउँमा अस्थायी टहरा निर्माणको नमूना बनाउने नाममा झण्डै ४ घण्टा बसेका थिए । महामन्त्री थापा फोटो खिचाउँदै पत्रकार संग बोल्दै फर्किएका थापाले जनतालाई अस्थायी टहरा बनाइदिने आश्वासन भने दिएका छन् । सभापति रवि लामिछानेले पनि सरकारले एकद्वार प्रणाली मार्फत राहत वितरण गर्ने भएका कारण आफूहरुको हातमा केही नभएको बताउँदै फर्किएको एक स्थानीय युवाले बताए । तर सोही ठाउँमा नेकपा भने निरन्तर शिविर सहित खटिरहेको छ ।


नेकपाले कार्तिक १८ गते देखि २५ जनाको टीम इन्चार्ज संगम सी को नेतृत्वकोमा जाजरकोटमा खटेको छ । आज सम्म नेकपाले ३० वटा घरबाट समान उद्दार गरिएको उद्दारमा रहेका नेकपा केन्द्रीय सदस्य हिमशिखर सी ले बताए ।
अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका महासचिव डा. प्रकाश सी को नेतृत्वमा जाजरकोटका रहेको स्वास्थ्य शिविरले जाजरकोटको नल लगाड वडा नं ५ रानीगाउँ र वडा न १ चिउरी गाउँ गरी २९८ भूकम्प पीडित घाइते बिरामीलाई उपचार गरिसकेको छ ।


नलगाड नगरपालिका वडा नं १ का अध्यक्ष धन बहादुर महरले भूकम्पले २७ जनाको मृत्यु र वडाका लगभग सबै जसो घरहरु भत्किएको बताए । वडा अध्यक्ष महरका अनुसार राहत वितरणको कार्य भइरहेको र पीडित परिवारको व्यवस्थापनको लागि पहल भइरहेको छ ।
भूकम्प पीडित स्थानीय प्रसादे कामिका अनुसार वडाले वितरण गरेको राहत समान रूपले वितरण नभएको बताए । अरूले अस्थायी टहरा निर्माणको लागि त्रिपाल पाए पनि आफूले भने नपाएको गुनासो गरे । भूकम्पले सबै जसो घरहरु भत्किए पछि नलगाड १ का जनता चिसोमा पनि पालमा बस्न बाध्य छन् ।


जाजरकोटका पीडित परिवारको राहत स्वरूप नेकपा केन्द्रीय समितिले २५ क्विन्टल चामल र १ लाख दिने घोषणा गरेको छ । भेरी नगरपालिका , नलगाड नगरपालिका , बारेकोट नगरपालिका र कुसे गाउँपालिका भूकम्पले ठूलो संख्यामा मानवीय तथा भौतिक क्षति पुर्याएको छ ।

  • गणेश एसके ( फिल्ड रिपोर्ट)

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

उँभौली पर्व मनाइँदै

२०८२ बैशाख २९ गते, सोमबार

आज २५६९औं बुद्ध जयन्ती

२०८२ बैशाख २९ गते, सोमबार

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

२०८२ बैशाख २८ गते, आईतवार