नेकपाको १० औं पार्टी पूनर्गठन दिवस भव्यरुपमा मनाईदै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले आफ्नो १० औ पार्टी पूनर्गठन दिवस विभिन्न कार्यक्रम गर्दै भव्यरुपमा मनाउदै छ । सो पार्टीको केन्द्रीय कार्यालयका अनुसार पार्टी पूनर्गठन दिवसका अवसरमा मंसिर ६ गते देशभर प्रचार र वालिङ्ग गरिएको छ भने मंसिर ७ गते पाका कम्युनिष्टहरुलाई सम्मान, मंसिर ८ गते देशभर अन्तरक्रिया,गोष्ठी र सभा गरिने छ ।
यस्तै नेकपाले मंसिर ८ गते साँझ देशभर दिपावली गरेर पार्टी पूनर्गठन दिवस भव्य रुपमा मनाउन मातहतका कमिटीहरुलाई निर्देशन समेत दिएको छ । मंसिर ८ गते जनमुक्ति सेना स्थापना दिवस पनि हो । यहि दिनलाई आधारमानि तत्कालिन वैद्य नेतृत्वको नेकपा माओवादीबाट अलग भएर नेपाल कम्युनिष्ट पार्टी गठन भएको थियो ।