नेबानिका जहाजमा अपांगलाई ५० प्रतिशत भाडा छुट

२०८० मंसिर १७ गते, आईतवार


काठमाडौँ । नेपाल वायुसेवा निगमले अपांगता परिचयपत्र भएका यात्रुलाई ५० प्रतिशत छुट दिने भएको छ । अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा आइतबारबाटै लागू हुने गरी रातो, निलो र पहेँलो वर्गको परिचयपत्र लिएका यात्रुले आन्तरिक उडानमा छुट पाउनेछन् । ‘निगमको हरेक आन्तरिक उडानमा पहिला आउने २ जनालाई यात्रुलाई हवाइ भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरिएको’ निगमले जनाएको छ ।
छुट सुविधाको लागि यात्रुले आफ्नो सक्कल परिचयपत्रसहित निगमको कार्यालयमा सम्पर्क राख्नुपर्ने जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु