जनपत्रकार संगठन लुम्बिनी प्रदेशद्धारा पत्रकार महासंघलाई ५ बुँदे ज्ञापन–पत्र

२०८० मंसिर १८ गते, सोमबार


काठमाडौँ । जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेशले नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशलाई आवेदन दिएका क्रियाशिल पत्रकारहरुको नयाँ सदस्यता कायम गरिनुपर्ने लगायतका विभिन्न ५ बँुदे मागहरु राखेर सोमवार ज्ञापन–पत्र बुझाएको छ । जनपत्रकार संगठन नेपालका लुम्बिनी प्रदेश संयोजक राजेन्द्र रावत क्षेत्री र सचिव अनिल नेपालीले संयुक्त रुपमा हस्ताक्षेर गरेको ५ बुँदे ज्ञापन–पत्रमा क्रियाशील पत्रकारको सदस्यता पाउनु पर्ने माग गरिएको हो । ज्ञापन–पत्र संगठनका प्रदेश सचिव अनिल नेपाली र केन्द्रीय सदस्य मानवहादुर सहकारीले महासंघको प्रदेश कार्यालय बुटवलमा पुगेर प्रदेश महासचिव विक्रम खड्कालाई बुझाएका थिए ।
जनपत्रकार संगठनले ज्ञापन–पत्रमा कतिपय नयाँ सदस्यताको लागि सिफारिस भएका नामहरु प्रदेशमा रोकिएको र कतिपयको सदस्यता नै हटाईएको विषयमा गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ । संगठनले क्रियाशील सवै पत्रकारको सदस्यता कायम गरिनुपर्ने, श्रमजीवी पत्रकारको पेशागत र भौतिक सुरक्षा कायम गरिनुपर्ने, सदस्यता छनौट गर्दा दलगत स्वार्थ भन्दा माथि उठेर क्रियाशीलताको आधारमा गर्नुपर्ने र महासंघले संचालन गर्ने तालिमहरुमा जनपत्रकारहरुको पनि सहभागिता गराउनुपर्ने लगायतका मागहरु राखेको छ
ज्ञापनपत्र बुझ्दै नेपाल पत्रकार महासंघका प्रदेश महासचिव खड्काले जनपत्रकारले बुझाएका मागपत्रहरु महासंघले सकरात्मक रुपमा लिने र समस्याको सक्दो पहल गर्ने आश्वान दिए ।
जनपत्रकार संगठनले दिने सुझाबले महासंघलाई थप सहयोग पुग्ने महासचिव खड्काले बताए । सो अबसरमा जनपत्रकार संगठनका सचिव नेपालीले ज्ञापनपत्रका मागहरु गम्भीरतापूर्वक लिएर समस्याको समाधान गर्न आग्रह गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु