श्रमिक समुदाय मोर्चाद्वारा सोती घटनाको फैसलाको स्वागत

२०८० मंसिर २१ गते, बिहीबार


काठमाडौँ । श्रमिक समुदाय मोर्चा नेपालले रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा अन्तरजातीय प्रेमसम्बन्धको विषयलाई लिएर नवराज बिकसहित ६ जना (नवराज, सन्दीप बिश्वकर्मा, टीकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार र गोविन्द शाही)को हत्यामा संलग्न रहेका २४ जनालाई जिल्ला अदालत रुकुम पश्चिमले जन्मकैदको सजाय सुनाएकोमा उक्त फैसलाको हार्दिक स्वागत गरेको छ । मोर्चाका अध्यक्ष रामलाल सी बुधबार बिज्ञप्ति जारी गर्दै सो फैसलाको स्वागत गरेका हुन् ।
अध्यक्ष रामलाल सी द्वारा जारी बिज्ञप्तिमा मुद्दालाई यो रुपमा फैसलाको तहमा पुगाउन आ-आफ्नो तह र तप्काबाट अहम् भूमिका निर्वाह गर्ने सम्बन्धित सबै पक्ष विशेषगरि आन्दोलनकर्मी संघ-संगठन, सञ्चारकर्मी, वकिल र अन्तिममा ऐतिहासिक फैसला गर्ने न्यायाधीश सबैमा हार्दिक आभारसहित धन्यवाद व्यक्त गरिएको छ ।
यस बिषयमा श्रमिक समुदाय मोर्चा नेपालका अध्यक्ष रामलाल सीले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ –

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

१०८ जना फरार प्रतिवादी कारागार चलान

२०८१ मंसिर २७ गते, बिहीबार

काठमाडौं उपत्यकामा चिसो बढ्यो

२०८१ मंसिर २७ गते, बिहीबार

जिप दुर्घटना : ५ जनाको मृत्यु

२०८१ मंसिर २७ गते, बिहीबार